
सिरानचोकको जनज्योति माविका विद्यार्थीलाई न्यानो कपडा वितरण
गोरखाको सिरानचोक गाउँपालिका वडा नं ८ चिप्लेटीस्थित जनज्योति माविमा अध्ययनरत बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
‘गाउँ गाउँमा लियो’ भन्ने उद्देश्यका साथ सोमबार लियो क्लव अफ गोरखाले विद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत ६९ बिद्यार्थीहरुलाई न्यानो कपडा र ३० जना विद्यार्थीलाई निशुल्न स्टेशनरी सामग्री वितरण गरिएको क्लवका अध्यक्ष बालकृष्ण परियारले बताए ।
विद्यार्थीको शैक्षिक गतिविधिमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्टेशनरी सामग्री र कपडा वितरण गरिएको उनको भनाइ छ ।
त्यस्तै, सोही स्थानमा रहेको एकता प्रा बि मा अध्ययनरत ८ जना बिध्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी पनि वितरण गरिएको उनले जानकारी दिए ।




