| मङ्लबार, कार्तिक २४, २०८३

बारपाकसुलिकोटका तीन विद्यालयलाई पुस्तकालय सहयोग

वारपाक सुलीकोट गाउँपालिका वडा न ७ र ८ रहेका तीन विद्यालयलाई पुस्तकालय सहयोग गरिएको छ । परराष्ट्र मन्त्रालय९मोफा०को समन्वयमा जापान सरकारले आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा एकीकरण नेपाल गोरखाले पुस्तकालय सहयोग गरेको जनाएको छ ।

पालिका भित्र वडा नं ७ र ८ मा पर्ने मण्डली आधारभुत विद्यालय, वागेश्वरी आधारभूत विद्यालय र थलीबारी आधारभुत विद्यालयहरुमा पुस्तकालय सहयोग गरिएको एकीकरण नेपाल गोरखाका कार्यकारी निर्देशक हरि देवकोटाले बताए ।
३ वटै विद्यालयसंगको आवश्यक परामर्शवाट पुस्तक खरिद गरि उपलब्ध गराएको हो ।

उनका अनुसार विद्यालयको माग तथा संस्थासंग भएको सुचीको आधारमा प्रति विद्यालय १२ सय ३७ वटा पुस्तक उपलब्ध गराएको हो । संस्थाले रुम टु रीड संग आवश्यक समन्वय गरि सम्वन्धित विद्यालयको शिक्षकहरुलाई पुस्तकालय व्यवस्थापन सम्वन्धि तालिम दिई पुस्तकहरुलाई ग्रोवाई विधिवाट व्यवस्थापन समेत गरि सकेको छ ।

बालबालिकाहरुलाई अध्ययनमा सहज होस् भन्ने हेतुले पुस्तकालय सहयोग गरेको चाईल्ड फण्ड जापानको कार्यक्रम संयोजक कृष्ण शरन डंगोलले बताए । संस्थाले बागेश्वरी आधारभूत विद्यालयमा थप पुस्तकालय फर्निचर समेत सहयोग गर्न लागेको छ भने मण्डली आधारभूत विद्यालयको भवन निर्माणको काम अन्तिम चरणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्