| मङ्लबार, कार्तिक २४, २०८३

लाप्राकमा जापानीज भाषा पढाइ सुरु

गोरखाको धार्चे गाउँपालिका वडा नं ४ लाप्राकमा जापानी भाषा कक्षा सुरु भएको छ । वर्किङ भिषामा जापानमा काम गर्न जानेहरुका लागि शनिबारबाट जापानी भाषा कक्षा संचालन गरिएको हो ।

शिराखावा जापानीज भाषा स्कुल र सर्भे सुलभ बहुउद्देश्य सहकारी संस्थाको सहकार्यमा जापानीज भाषा तथा सीपमुलक प्रशिक्षण कार्यक्रम संचालन भएको हो । जापान बसेर आएका धुर्व नेपालीद्वारा भाषा कक्षा संचालन भइरहेको छ । प्रशिक्षक नेपालीका अनुसार उक्त भाषा कक्षा विहान र बेलुका डेढ÷डेढ घण्टा संचालन भइरहेको छ । ६ महिना कोर्षको निम्ति प्रत्येक विद्यार्थीले रु २५ हजार शुल्क बुझाउनुपर्ने छ ।

अहिले ‘एन फोर’ तह को पढाइ भइरहेको र आवश्यक परे ‘एन थ्री’ को पनि पढाइ हुने उनले बताए । पढाइसकेपछि परीक्षा उतीर्ण गरेपछि वर्किङ भिसामा जापान जान पाउने उनले बताए । भाषा परिक्षामा उतीर्ण गरेर गएका कामदारले जापानमा आकर्षक तलब सहितको सेवा सुविधा पाउने जनाइएको छ । उनका अनुसार कृषि, नर्सिङ, फुड प्याकिङ र रेष्टुरेन्ट लगायतका क्षेत्रमा कामदारका रुपमा नेपालीहरु जाने गरेका छन् ।

लाप्राकमा भाषासँगसँगै विभिन्न सीपमुलक क्रियाकलाप पनि संचालन गरिने जनाएको छ ।
यस्तै, जापान जानेहरुलाई सुलभ दरमा सहकारीले कर्जा प्रवाह गर्ने समेत सहकारीका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । स्थानीयका अनुसार हालसम्म ३० जना बढी लाप्राकीहरु जापान पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्