
लायन्स क्लव अफ गोरखा दरौँदीद्वारा पिस्ट पोस्टर सार्वजनिक
लायन्स क्लव अफ गोरखा दरौदीले शुक्रबार पिस पोष्टर कन्टेष्ट कार्यक्रम सम्पन्न गरेको छ । गोरखा नगरपालिकाको छेवेटारमा रहेको तारा माविमा पिस पोष्टर अन्तर्गत चित्रकला प्रतियोगिता सम्पन्न गरेको क्लवका अध्यक्ष रमेश विष्टले वताए ।
११ देखि १३ वर्ष उमेर समुहका विद्यार्थीहरु वीच भएकोे प्रतियोगितामा ३५ जनाको सहभागिता रहेको थियो । प्रतियोगिता अन्तर्गत कक्षा ५ देखि ७ सम्मका तारा माविमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो प्रतियोगितामा कक्षा ७ की प्रतिक्षा तामाङ विजयी भएकी छन् ।

विश्वभरी नोभेम्वर महिनामा संचालन हुने ग्लोवल प्रतियोगीताका उत्कृष्ट २३ ले ५ सय डलर र उत्कृष्ट १ ले पाँच हजार अमेरिकी डलर राशीको पुरस्कार जित्ने छन् । शुक्रबार उत्कष्ट चित्रलाई नेपालभर प्रतिष्पर्धा गराइने र त्यहाँवाट उत्कृष्ट ठहरिए ग्लोवल प्रतिष्पर्धाको लागि पठाइने विष्टले जानाकारी दिए ।
प्रतियोगिताको विजयीलाई प्रतिक्षा तामाङलाई विद्यालयमा आयोजित कार्यक्रमकै अवसरमा प्रमाणपत्र र पुरस्कार वितरण गरिएको अध्यक्ष विष्टले वताए । ‘लिड विथ कम्प्यासन ‘थिममा प्रतियोगिता संचालन भएको हो ।




