
लागु औषध दुरुपयोग तथा ओसारपोसार बिरुद्धको दिबस गोरखामा पनि मनाईँदै
लागु औषध दुरुपयोग तथा ओसारपोसार बिरुद्धको अन्तराष्ट्रिय दिबसको अवसरमा गोरखामा पनि बिभिन्न कार्यक्रम हुने भएको छ । दिबसको अवसरमा गोरखामा साताब्यापी कार्यक्रम हुने भएको छ ।
सोही अन्तरगत सोमवार सरोकारवाला बिच जिल्ला प्रशासन कार्यालयमा छलफल भएको छ ।
छलफलले गोरखाका सबै स्थानीय तहहरुलाई लागु औषध बिरुद्धको कार्यक्रम संचालन गरि मनाउन अनुरोध गर्ने, लागु औषध बिरुद्धको प्रचारप्रसार स्थानीय संचार माध्यामले गर्ने र असार १२ गते बिहान प्रभातफेरी कार्यक्रम गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।
नेपाल प्रहरीले पनि साताब्यापी अभियानको क्रममा विद्यालयहरुमा लागु औषधको बारेमा सचेतनामुलक कार्यक्रम संचालन गर्ने भएको छ ।
लागु औषधको प्रयोगमा न्यूनिकरण गर्दै सभ्य समाज निर्माण गर्ने उद्देश्यले हरेक वर्ष जुन २६ मा विश्वभर यो दिबस मनाईन्छ ।




