| शुक्रबार, जेष्ठ २१, २०८३

गोरखाका ४ बर्षीय बालकको काठमाडौंमा ट्याक्सीको ठक्करबाट मृत्यू

काठमाडौंको तारकेश्वरमा भएको सवारी दुर्घटनामा ताप्लेका चारबर्षीय बालकको मृत्यू भएको छ ।

तारकेश्वर ९ फुटुङ्ग ग्याडोलस्थित सडकमा भएको सवारी दुर्घटनामा बाग्मती प्रदेश ०१–००२ ज ७९३३ नम्बरको ट्याक्सीको ठक्करबाट गोरखा नगरपालिका २ ताप्ले घर भई मनमैजु बस्ने साबित्रा बानियाँ केसीको छोरा स्पर्श बानियाँको मृत्यू भएको प्रहरीले जनाएको छ ।

ट्याक्सीको ठक्करबाट गम्भीर घाइते भएका उनको ईशान बाल अस्पताल बसुन्धारामा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको प्रहरीको भनाइ छ । ट्याक्सी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्