| बुधबार, साउन २६, २०८३

द्रव्यशाह बहुुमुखी क्याम्पससहित देशभरका सामुदायिक क्याम्पसको पठनपाठन ठप्प

बाराको रामराजा मोहन बिक्रम शाख बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्याको बिरोधमा आइतवार देशभरका सामुदायिक क्याम्पसको पठनपाठन ठप्प भएको छ ।

नेपाल पब्लिक क्याम्पस संघले बिज्ञप्ती जारी गर्दै हत्याको बिषयमा सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी कारवाही गर्नुपर्ने माग समेत गरेको छ ।

पूर्व निर्धारित परीक्षाका कार्यक्रम यथावत संचालन गर्ने र संघमा आवद्ध सदस्य क्याम्पसहरुमा शोक व्यक्ति गरि पठनपाठन बन्द गर्ने बिज्ञप्तीमा भनिएको थियो ।

सोही अनुसार गोरखाको लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसले पनि आइतवार पठनपाठन बन्द गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्