| आइतवार, कार्तिक २९, २०८३

नया संहिता आएपछि सम्बन्ध बिच्छेद बढ्यो

गोरखा जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै गएको छ । मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ९४ अनुसार पुरुषले अदालतमा सिधै सम्बन्ध विच्छेदको मुद्धा दर्ता गर्न पाउने ब्यबस्था भएपछि सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गर्ने क्रम पनि बढ्दै गएको जिल्ला अदालतले जनाएको छ । भदौ १ गतेदेखि ९७ वटा सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएकोमा ६० वटा महिला र ३७ वटा पुरुषले दर्ता गराएका स्रेस्तेदार विनोदप्रसाद अधिकारीले जानकारी दिए ।
सम्बन्ध विच्ेछदका मुद्धामध्ये ३६ वटाको फैसला भैसकेको श्रेस्तेदार अधिकारीले बताए । अदातलमा हाल चालु मुद्धा एक सय ६८ रहेकोमा ६१ वटा सम्बन्ध विच्छेदका रहेका उनको भनाई छ ।
‘नयाँ मुलुकी ऐन लागु भएपछि सम्बन्धबिच्छेद गर्न पुरुषले पनि अदालत जान सक्ने सुविधा छ’ उनले भने ‘यहि ऐनमा टेकेर गोरखामा हालसम्म ३७ पुरुषले सम्बन्धबिच्छेदका लागि मुद्दा दर्ता गराइसकेका छन् ।’ पहिले सम्बन्धबिच्छेदका लागि पुरुषले अदालतमा मुद्दा दिन नपाउने तथा घुमाउरो र लामो प्रक्रिया अपनाउनु पर्ने अवस्था थियो । तर अहिले सम्बन्ध बिच्छेदको मुद्दा दिन सोझै अदालत जान सक्ने सुविधा भएपछि वर्षौदेखि अदालत जान नसकेका पुरुष अदालत आउन थालेका श्रेस्तेदार अधिकारीले बताए । ‘पुरुषहरु मुद्धा दर्ता आउने क्रम बढ्दो छ’ उनले भने ‘ पहिले वडा वा स्थानीयतहको निर्णयले मात्रै पुरुषको सम्बन्ध विच्छेदको मुद्धा अदातलमा आउथ्यो, प्रक्रिया लामो थियो । तर अब सोझै अदालत आउन सक्नेछन् । ’ विभिन्न कारणले श्रीमान् श्रीमती बीच असमझदारी बढ्दै गएपछि सम्बन्ध विच्ेछदका लागि अदालत आउने क्रम बढेको जिल्ला न्यायाधीश बसन्तराज पौडेलले जानकारी दिए । ‘पारिवारिक बिखण्डन बढ्दै गएको छ’ उनले भने ‘बिबाहलाई क्षणिक मनोरञ्जन का रुपमा लिएकाहरु एक अर्काको स्वभावसँग घुलमिल हुन नसक्दा पनि सम्बन्ध विच्छेद बढ्दो छ ।’
पुरुष र महिला बीच सम्बन्ध बिच्छेदका लागि सहमति भए एक महिनाभित्रमा मुद्दा किनारा लाग्ने छ भने पछिल्लो ऐनले सहमति कायम हुन नसक्दा एक वर्षसम्म मुद्दा फैसला नहुने व्यवस्था गरेको छ । ऐन अनुसार महिला÷पुरुषले ३ बर्षदेखि अंश लिई वा मानो नछुट्टाई श्रीमती फरक बसेमा, श्रीमतीले खान लाउन वा घरमा बस्न नदिएमा, अंगभंग वा शारीरीक वा मानसिक क्षति पु¥याएमा र अन्यसँग यौन सम्पर्क गरेको ठहर भएमा सम्बन्ध विच्छेदका लागि मुद्धा दर्ता गर्न सक्ने ब्यबस्था छ । श्रीमतीले यि विषयका अलावा श्रीमान्ले अर्को विवाह गरेमा र आफुलाई जर्बजस्तीकरणी गरेमा मुद्धा दर्ता गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्