
बारपाक सुलीकोट गाउँपालिकामा करिब छ हजार घर निर्माण
बारपाक सुलिकोट गाउँपालिकामा भुकम्पले भत्केका पाच हजार आठ सय ८२ घर निर्माण सम्पन्न भएका छन् ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणको भुकम्पपिडीत लाभग्राहीको सुचिमा परेका सात हजार चार घरधुरीमध्ये पाच हजार आठ सय ८२ घर बनेका हुन् । तीमध्ये पाच हजार ६ सय १३ घरले सरकारले उपलब्ध गराएको ३ लाख रुपैयाँ बुझि सकेका गाउँपालिकाले जनाएको छ । लाभग्राहीमध्ये छ हजार आठ सय घरले पहिलो किस्ता बुझेका छन् । तिमध्ये दुई सय ८३ घरले अझैसम्म पनि घर निर्माण शुरु गरेका छैनन् ।
पहिलो किस्ता बुझेर घर नबनाउने र दोस्रो किस्ता बुझेर पनि घर नछाउनेहरुले निर्माण प्रक्रिया अघि बढाउन नसकेका कारण बुझेर सहजिकरण गर्ने तयारी भएको जाईकाका आपतकालिन आवासिय परियोजनाका जिल्ला कार्यक्रम व्यवस्थापन बाबुराम केसीले जानकारी दिए ।
बारपाक सुलि कोटमा लाभग्राहीको सुचिमा परेर पनि अनुदान सम्झौता नगरेका घरधुरीको संख्या एक सय ८० छ ।
पुनर्निमाणको कामलाई तिब्रता दिन उनिहरुले सम्झौता नगर्नुको कारण खोजि गर्ने गाउँपालिकाले जनाएको छ । घर निर्माणका लागि अन्यत्रबाट सुविधा लिएका, भुमिहिन, आर्थिक अबस्था कमजोर, अन्यत्र बस्नयोग्य घर भएका लगायतका कारण उनिहरु सम्झौता गर्न नआएको हुनसक्ने केसीले बताए ।
गाउँपालिकाले दोहोरो सुविधा लिएकाको नाम कट्टा गर्न नामा वली प्रकाशित गर्ने तयारी पनि गरेको छ । पहिलो किस्ता बुझेर घर नबनाउने निधो गरेकाहरुलाई रकम फिर्ता गर्न सम्पर्कमा आउन पनि गाउँपालिका ले अनुरोध गरेको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताए ।




