
वाइडबडीबारे छानबीन गर्न आयोग
दरौंदी : वाइडबडी विमान खरिदमा भएको भनिएको अनियमितता बारे छानविन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । सार्वजनिक लेखा समिति अन्तर्गत को उपसमितिले विमान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीसहितका अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको भोलिपल्ट सरकारले आयोग बनाएको हो ।




