
पत्रकारका लागि घुम्ती शिविर
दरौंदी ः सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको सुचना तथा प्रसारण विभागले गोरखामा घुम्ती शिविर गरेको छ ।
नेपाल पत्रकार महासंघ गोरखा शाखासगँको समन्वयमा आयोजित शिविरमा सञ्चारगृह र पत्रकार सम्बन्धित विभिन्न सेवा उपलब्ध गराईएको छ ।
जसअनुसार सञ्चारमाध्यममा कार्यतर १३ पत्रकार, दुई प्रकाशक, एक अध्यक्ष तथा एक ब्यबस्थापकलाई परिचय पत्र वितरण गरिएको छ । शिविरमा पाँच पत्रकारको परिचय पत्र नविकरण गरिएको छ भने दुई वटा पत्रिकाले टेलिफोन महसुल छुटका लागि सिफारिस लिएका छन् । विभागका महानिर्देशक बालकृष्ण घिमिरे नेतृत्वको पाचँ जनाको टोलीले शिविरमा सेवा दिएको हो । घुम्ती शिविरमार्फत सेवा पाएपछि स्थानिय पत्रकारहरु प्रेस परिचय पत्र लिनकै लागि काठमाण्डौ जानुपर्ने बाध्यता हटेको छ ।




