| आइतवार, कार्तिक २९, २०८३

पुनर्निर्माणको समस्या सल्टाउन समिति गठन

अनुपमा खनाल : गोरखामा भुकम्पपछिको पुन निर्माणलाई ब्यबस्थित बनाउनका लागि जिल्ला र स्थानीय तहमा छुट्टाछुट्टै समिति गठन भएको छ ।
राष्ट्रिय पुनर्निमाण प्राधिकरणका कार्यकारी समितिका सदस्य धुब्रप्रसाद शर्मा र सबै स्थानीय तहका प्रमुख तथा प्रतिनिधको उपस्थितिमा जिल्ला स्तरमा जिल्ला सहजिकरण समिति र स्थानीय तहमा पुनर्निर्माण समन्वय समिति गठन भएको हो । जसअनुसार जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा ११ सदस्यिय पुनर्निर्माण जिल्ला सहजिकरण समिति गठन गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान ब्यबस्थापन तथा स्थानिय पुर्वाधार, जिमाली)का प्रमुख राम शरण आचार्यले जानकारी दिए । समितिमा प्रमुख जिल्ला अधि कारी, जिल्ला समन्वय अधिकारी, जिल्ला मालपोत कार्यालय, नापी कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, भवन, पुरातत्व आयोजना, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख सदस्य रहने ब्यबस्था गरिएको छ । समितिको सदस्य सचिवमा जिल्ला आयोजना कार्यान्वयन इकाई (जिमाली) का प्रमुख रहेका छन् । यसैगरी जिल्लाको ११ वटै स्थानीय तहमा पुनर्निर्माण समन्वय समिति गठन गरिएको हो ।
स्थानीय तहका प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय पुनर्निर्माण समन्वय समिति गठन भएको हो । समितिको सदस्यमा स्थानिय तहका उपप्रमुख, स्थानीय तहका पुननिर्माण सम्बन्धीका सिनियर इन्जिनियर, सम्बन्धित वडाका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत रहने ब्यबस्था छ । स्थानीय तह र जिल्ला स्तरमा गठन भएका समितिले पुनर्निर्माणमा देखिएका समस्या सल्टाउने काम गर्ने जिमालीका प्रमुख आचार्यले जानकारी दिए । ‘जिल्ला तहमा समाधान गर्न नसकिने समस्याहरु सल्टाउन हाम्रो प्रयास रहन्छ’ उनले भने ‘जिल्ला स्तरको समितिले फिल्डमा देखिएका समस्या, नितिगत असजिलाका कारण पुनर्निमाणमा परेका असजिलाका बारेमा राष्ट्रिय पुन र्निमाण प्राधिकरणमा ध्यानाकर्षण गराउँछ, समस्याको समाधान छिटो खोज्ने हाम्रो लक्ष्य हो ।’
यसैगरी स्थानिय तहमा गठन भएको समितिले पुननिर्माणमा गति दिन सहजिकरण गर्ने तथा स्थानिय स्तरमा देखा परेका समस्या समाधानका लागि पहल गर्नेछ । २०७२ सालको गोरखा भुकम्पले जिल्लाका ७० हजार पाचँ सय २८ घर भत्किएका थिए । जसमध्ये राष्ट्रिय पुनर्निमाण प्राधिकरणले ६५ हजार चार सय ९५ घरधुरीलाई पुर्ण क्षति र पाचँ हजार ३३ घरलाई आंशिक क्षतिका रुपमा सुचिकृत गरेको छ ।
पुर्ण क्षति भएका घरले नयाँ घर बनाउनका लागि तिन लाख रुपैयाँ सरकारी अनुदान पाउछन् भने आंशिक क्षती भएका घरले मर्मतका लागि एक लाख रुपैयाँ अनुदान पाउने ब्यबस्था प्राधि करण ले गरेको छ । जसअनुसार हालसम्म जिल्लामा पुर्ण क्षति अन्तरगत ६२ हजार ४ सय ८१ घरले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ, ५२ हजार ९ सय ७९ घरधुरीले दोस्रो किस्ता वापतको एक लाख ५० हजार रुपैयाँ र ४२ हजार २ सय ८२ घरधुरीले तेस्रो किस्ता वापतको एक लाख रुपैयाँ अनुदान बुझिसकेका जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान ब्यबस्थापन तथा स्थानिय पुर्वाधार )ले जनाएको छ । भुकम्पले भत्किएका आठ हजार ४७ घरधुरीले अनुदान प्राप्तिका लागि सम्झौता गर्न बाँकी नै रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई (जिमाली)का प्रमुख आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्