| आइतवार, कार्तिक २९, २०८३

आरुघाटमा मगर संघ गठन

दरौंदी ः नेपाल मगर संघ गोरखाले आरुघाटमा गाउँपालिका स्तरीय भेला सम्पन्न गरेको छ । भेलाले टीका आलेको मगरको अध्यक्षतामा १३ सदस्यिय गाउँपालिकास्तरीय कमिटि गठन गरेको छ ।जसको उपाध्यक्षमा चुनादेवी राना मगर, सचिवमा दीपक राना मगर, सह सचिवमा केशर आले र कोषाध्यक्षमा रुपा राना चयन भएका छन् । कृष्णबहादुर राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा गाउपालिकाका अध्यक्ष पुर्ण दाहाल, नेपाल मगर संघका सचिव मोहन थापा मगर, बौद्ध संघका केन्द्रिय सदस्य विष्णु थापा मगर, बौद्ध संघका जिल्ला सचिव अशोक राना मगर, नेपाल मगर संघ क्षेत्रिय सदस्य टिका आले, रेमन कुमार थापा, सिमोर कुमार थापा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । नेपाल मगर संघले आफ्नो समुदायको बसोबास रहेको नौ वटै स्थानिय तहमा समिति गठन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्