| आइतवार, कार्तिक २९, २०८३

गुरुङ चलचित्र फुङ प्रदर्शनको तयारी

दरौंदी ः उत्तरी गोरखाका गुरूङ समुदायले बोल्ने भाषा, सँस्कार र संस्कृतिमा आधारित पहिलो चलचित्र ‘फुङ’ यहि पुस ६ गतेबाट प्रदर्शन हुने भएको छ । लामो समयको बिबादका कारण निर्माण भएर पनि प्रदर्शन गर्न नसकिएको सो चलचित्र हालै अनुमति पाएपछि प्रदर्शन हुन लागेको हो । बेब्स क्रियशन प्रालि को ब्यानरमा बनेको सो चलचित्र प्रितम गुरूङको निर्देशनमा बनेको हो । विवाद पछि लामो समय नेपाल सरकारको केन्द्रीय चलचित्र जाँच समितिमा रोकिएको उक्त चलचित्र फुङले २०७५ असोज ६ गते मात्र जाँच समितिवाट प्रदर्शनको लागि स्वीकृत पाएको थियो । उत्तरी गोरखाका गुरूङ समुदायको जन जीबन, सँस्कार, सँस्कृति, भाषामा आधारित रहेर फुङ चलचित्र निर्माण गरिएको निर्माता तथा अभिनेता आइतराम गुरुङले जानाकारी दिए । उत्तरी गोरखामा बसोबास गर्ने गुरूङ समुदायको सस्कार, सस्कृति लाई विश्व सामु चिनाई मौलिक सस्कार, सस्कृति र भाषालाई संरक्षण गर्ने उद्देश्यले चलचित्रको निर्माण गरिएको उनले बताए । उक्त चलचित्रको मुख्य भुमिकामा उत्तरी गोरखाकै कलाकारहरू आइत राम गुरूङ, बुद्ध गुरूङ, मिरा गुरूङ, सलिना गुरूङ, तुल बहादुर गुरूङ, धन बहादुर गुरूङ, खगेन्द्र गुरूङ लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्