| आइतवार, कार्तिक २९, २०८३

महिला स्वास्थ्य स्वंयसेविकाहरु सम्मानित

दरौंदी ः गोरखा नगरपालिकाले महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई सम्मान गरेको छ । १५ औं राष्ट्रिय महिला स्वास्थ्य स्वंयसेविका दिवसका अबसरमा १४ वटै वडामा कार्यरत ६३ महिला स्वास्थ्य स्वंयसेविकालाई सम्मान गरिएको हो । गोरखा नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा मेयर राजनराज पन्त, उपमेयर विनाकुमारी श्रेष्ठ, गण्डकी प्रदेश अन्तरगतको स्वास्थ्य कार्यालय गोरखाका प्रमुख दिपक सुवेदी लगायतले महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरे । नगरपालिकाले चालु आर्थिक बर्षदेखि महिला स्वास्थ्य स्वंयसेविकालाई प्रोत्साहन स्वरुप मासिक एक हजार रुपैयाँ दिने निर्णय अनुसार बुधबार नै उनिहरुलाई चेक हस्तान्तरण गरिएको स्वास्थ्य शाखा प्रमखु निश्चल अर्यालले बताए ।
सोही कार्यक्रममा महिला स्वास्थ्य स्वंयसेविकाहरुबिच हाजिर जवाफ प्रतियोगिता पनि भएको छ । सात समुह सहभागी प्रतियोगितामा
रानीस्वाँरा समुह पहिलो, तारानगर समुह दोस्रो, नारेश्वर समुह तेस्रो र पश्लाङ समुह चौथो भएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथोले क्रमश नगद तिन हजार, दुई हजार पाँच सय, दुई हजार र एक हजार पन्ध्र सय रुपैयाँ सहित प्रमाणपत्र पुरस्कार पाएका छन् ।‘महिला स्वास्थ्य स्वयंसेविकाको निःस्वार्थ सेवा, स्वस्थ, समृद्ध राष्ट्र निर्माणमा टेवा’ भन्ने नाराका साथ दिवस मनाईएको हो । परिवार नियोजनका साधन वितरण, सुरक्षित मातृत्व, नवशिशु स्याहार, खोप कार्यक्रम सञ्चालन, श्वासप्रश्वास समस्यामा परामर्श, सरुवा तथा महामारी रोग नियन्त्रण, बाल तथा मातृमृत्युदर घटाउनमा महिला स्वास्थ्य स्वयंमसेविकाको भुमिका महत्वपुर्ण मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्