दुई बालक तीन दिनदेखि सम्पर्कबिहिन
दरौंदी ः गोरखाको वल्ड क्यापिटल बोर्डिङस्कूल पढ्न आएका सहीद लखन गाउँपालिकाका दुई बालक तीन दिनदेखि सम्पर्कबिहिन छन् । कक्षा ७ मा पढ्ने १३ वर्षका प्रज्वल राना र १४ वर्षका रोशन श्रेष्ठ मंगलबार बिहानदेखि हराएका अभिभावकले बताएका छन् । सहिद लखन गाउँपालिका (६, घैरुङ घर भई सदरमुकाममा डेरा गरी बस्ने प्रज्वल र सहीद लखन गाउँपालिका (७, बुंकोटका रोशन बिहानी सत्रको पढाई सकेपछि हराएका हुन् । बिहान ६ देखि सवा ८ बजेसम्म बिहानी सत्रको कक्षामा पढेका उनीहरु खाना खाने छुट्टीमा घर नगई सम्पर्कविहीन भएका विद्यालयका प्रिन्सिपल जनक केसीले बताए । ‘कक्षाकोठामा भएको झोला अरु साथीहरुको सहयोगमा झ्यालबाट लिएर हिँडेको साथीहरुले बताएका छन्’ उनले भने ‘दिउँसोकोे कक्षामा नआएपछि अभिभावकलाई खबर ग¥र्यौ ।’ प्रहरी, बालकका आफन्त र विद्यालय परिवारले मंलबारदेखि बालकद्वयको खोजी सुरु गरेको छ । सदरमुकामको सीसी क्यामेरा फुटेजका आधारमा उनीहरु मंगलबार बिहान १० बजेतिर खोलखोले सडकखण्ड आसपास देखिएका बालक प्रज्वलका आफन्त श्याम थापा मगरले बताए




