| आइतवार, कार्तिक २९, २०८३

युवा संगठनको क्षेत्रीय समिति गठन

दरौंदी ः विप्लव नेतृत्वको नेकपाको युवा संगठन युवा संगठन नेपालको क्षेत्रीय कमिटी गठन भएको छ । बिहिबार सम्पन्न बैठकले कमिटी गठन गरेको हो । जिल्ला संयोजक भोला भुजेलको अध्यक्षतामा सम्पन्न बैठकले क्षेत्र नं. १ मा राजन भट्ट संयोजक रहेको र अर्जुन पौडेल, कृष्ण खनाल, सागर गजुरेल, शैलेस रेग्मी सदस्य रहेको कमिटी गठन गरेको छ । क्षेत्र नं. २ मा विष्णु भुजेलको संयोजक र समीर परियार, संगम कुमाल, दुर्गा गुरुङ र माहिला गुरुङ सदस्य रहेको समिति गठन भएको छ । त्यस्तै क्षेत्र नं. ३ मा अनील लामिछाने संयोजक र पूर्ण परियार, पदम लामिछाने, रामप्रसाद लामिछाने, दीपेन्द्र पुडासैनी सदस्य रहेको समिति गठन भएको छ । संगठनको जिल्ला सम्मेलन माघ १ गते गर्ने पनि निर्णय भएको जिल्ला सेक्रेटरी कपिल भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्