| मङ्लबार, मंसिर ८, २०८३

धार्चे-५ सिङ्लामा बेमौसमी हावाहुरीले विद्यालयको छाना उडायो

धार्चे गाउँपालिका-५ सिङ्लामा बेमौसमी हावाहुरीले सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको छ ।गए राति २ बजेदेखि सुरु भएको हावाले विद्यालयको जस्तापाता उडाएर लगेको शिक्षिका सपना गुरूङले बताइन् ।

कच्ची अवस्थामा रहेका घर र गोठका छानाहरु पनि उडाएको गुरुङले जानकारी दिइन् ।हावा बिहान घाम लागेपछि रोकिएला भन्ने आशा गरेता पनि अहिलेसम्म पनि चलिरहेको उनले बताइन् । ‘आकाश भने पूर्ण रुपमा खुल्ला छ, घाम पनि लागिरहेको छ,’ उनले भनिन्, ‘ बादल लागेको छैन, हावा भने चलिरहेकै छ ।’

जंगलका पातपतिङ्गर उडाएर गाउँभरि थुपारेको छ । ‘मंसिर महिनामा यस्तो हावाहुरी चलेको अहिले पहिलो पटक थाहा पाएको हाे ,’गुरुङले भनिन्।

प्रतिक्रिया दिनुहोस्