
धार्चे गाउँपालिकास्तरीय छैठौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
धार्चे गाउँपालिकास्तरीय छैठौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजना तथा सूर्योदय मावि गुम्दाको सहआयोजनामा बुधबारबाट रनिङशिल्ड प्रतियोगिता सुरु भएको हो ।
गाउँपालिका भित्रका ९ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरु प्रतियोगितामा सहभागी रहेको प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले बताए । प्रतियोगिताको पहिलो दिन छात्र÷छात्रा दुबैतर्फ दौडका केही खेल सम्पन्न भएको उनले जानकारी दिए ।
प्रतियोगितामा समूहतर्फ भलिबल, कबड्डी खेल पनि सुरु भएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए । सहभागी विद्यालयका विद्यार्थीहरुले विभिन्न २९ विधामा प्रतिस्पर्धा गर्नेछन् । उनका अनुसार प्रतियोगिता बुधबार, बिहिबार र शुक्रबारसम्म सञ्चालन हुनेछ ।
सूर्योदय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थमबहादुर गुरुङको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको प्रमुख आतिथ्यतामा भएको भएको कार्यक्रममा उपाध्यक्ष सुनिला गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेम तमाङ, जिल्ला भलिबल संघ गोरखाका अध्यक्ष कृष्ण गुरुङ, वडाध्यक्षलगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।




