
पहिरोले बुंकोट अँधेरीका चारघर जोखिममा
पहिरोले सहिदलखन गाउँपालिका ७ अधेरीका चार घर जोखिममा परेका छन् । गोरखाबजारबाट घैरुङ जाने पक्की सडकखण्ड भाँसिदा सडकबाट तीनसय मिटर तल रहेका चार घर जोखिममा परेका प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार कसैको घरको आँगन पहिरिएका छन्, कसैको घरमाथिबाट पहिरो खसेर जोखिमयुक्त भएका छन् । पहिरोले गोरखा सहिदलखन ७ अधेरीका ज्ञानुमाया रानाको दुईतले पक्की घर जोखिममा परेको छ । त्यस्तै सोही ठाउँका भीमबहादुर रानाको एकतले पक्की घर जोखिममा परेको छ ।
त्यस्तै सोही ठाउँ बस्ने ललिन्द्र थापा मगरको २ तले कच्ची घर र भीम रानाको १ तले कच्ची घर जोखिममा परेको प्रहरीले जनाएको छ ।




