| शनिबार, अशोज ९, २०८३

त्रिशुलीको कटानले रागिनास जोखिममा

त्रिशुली बाढीको कटानले गोरखाका दुई घर उच्च जोखिममा रहेका छन् । शनिबार बिहान साढे ११ बजे त्रिशुलीको कटानले सहिदलखन गाउँपालिका ४ राइनास बजारका मनमाया राना र सोममाया रानाको घर पहिरोको जोखिममा परेको प्रहरीले जनाएको छ ।

मनमाया रानाको दुईतले दुईवटा पक्की घर जोखिममा परेको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै सोममाया रानाको दुईतले पक्की घर जोखिममा परेको उनले बताउनु भयो । घर पहिरोको उच्च जोखिममा परेपछि मनमायाको चार जना परिबार र सोममायाको तीनजना परिवार विस्थापित भएका छन् ।

सो पहिरो स्थानीय रागिनास बजारको २५ मिटर नजिकसम्म पुगेकाले त्यहाँका २५ घरधुरी पनि जोखिममा परेको प्रहरीको भनाइ छ । यसैबीच जिल्ला सुरक्षा टिमले जोखिम रागिनास बस्तीको अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, सहायक प्रजिअ नेत्रप्रसाद शर्मालगायतको सुरक्षा टिमले शनिबार रागिनास पुगेर अनुगमन गरेको हो ।

अनगुमनपछि प्रजिअ मिश्रले जोखिममा रहेका घरपरिवारलाई तत्कालका लागि सुरक्षित स्थलमा गएर आश्रय लिन अनुरोध गरेका छन् । पछि घर पुनर्निर्माणका लागि सरकारले निर्धारित राहत रकम दिने प्रतिवद्धता पनि व्यक्त गरेका सहायक प्रजिअ शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्