| आइतवार, कार्तिक २९, २०८३

भूकम्प पीडितको गुनासो सम्बोधन जारी, बाह्र हजार गुनासो फस्र्यौट

अनुपमा खनाल : भूकम्पपीडित लाभग्राहीको सूचीमा नाम समावेश हुनुपर्ने भन्दै गुनासो फाराम भरेकाहरुको माग सम्बोधन हुने क्रम जारी छ ।
गोरखा जिल्लाभरबाट १५ हजार सातसय ५० गुनासो दर्ता भएकोमा राष्र्टि«य पुननिर्माण प्राधिकरणले ११ हजार नौ सय २५ गुनासो सम्बोधन गरेको जिल्लास्थित अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइले जनाएको छ । सो क्रममा चारहजार दुईसय ४७ जनालाई ३ लाख अनुदान पाउन योग्य लाभग्राहीको सूचीमा राखिएको इकाई प्रमुख रामकुमार श्रेष्ठले बताए । ‘दुईहजार नौसय ३० गुनासोकर्ताले भने घर प्रवली करणका लागि एक लाख रुपैया पाउने छन्’ उनले भने ‘गुनासो कर्तामध्ये तीन हजार तीनसय तीन घरधनीलाई भने गैरलाभग्राही अर्थात अनुदान पाउनु नपर्नेको सूचीमा राखिएको छ । गुनासो फाराम भरेकामध्ये अझै करीव चार हजारजनाको गुनासो सम्बोधन हुन बाँकी छ ।’ सबै गुनासो सम्बोधन गरिसक्दा जिल्लामा करीव १० हजार भूकम्पपीडित लाभग्राही थपिने इकाईले जनाएको छ । प्रारम्भिक घरधुरी सर्भेक्षणका क्रममा अनुदान पाउने सूचीमा नपरेपछि गुनासो फाराम भरेकामध्ये हालसम्म ४ हजार २ शय ४७ जनाको नाम ३ लाख अनुदान पाउने लाभग्राही सूचीमा परिसकेको छ । प्रवलीकरणमा परेका समेत जोडिदा लाभग्राहीको संख्या करीव १० हजार पुग्ने अनुमान गरिएको हो । पुननिर्माण प्राधिकरणले अन्त घर भए नभएको, भूकम्पले भत्किएको घर बस्न मिल्ने नमिल्ने लगायत सूचकका आधारमा गुनासो सम्बोधन गरिरहेको इकाई प्रमुख रामकुमार श्रेष्ठmे बताए । ‘गुनासो दर्ता गरेर पनि लाभग्राही सूचीमा नपरेकाहरुलाई प्राधिकरणले फेरि एकपटक अवसर दिएको छ ’ उनले भने ‘ लाभग्राही सूचीमा पनुपर्ने भएपनि नपरेका गोरखाका भूकम्पपीडितहरुले पुनरावेदन प्रक्रियामा सहभागी हुन पाउँछन्। हामीले सबै स्थानिय तहमा पिडितहरुलाई पुनरावेदन प्रक्रियामा सहभागी गराउन पत्राचार गरेका छौ ।’ हालसम्म ११ हजार गुनासो सम्बोधन गर्दा ३ हजार ३ शय जनाको नाम गैरलाभग्राही सूचीमा परेको छ ।
जिल्लास्थित अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईले त्यस्ता पीडितहरुलाई पुनरावेदन प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्