
‘प्रथम देउराली ब्याडमिन्टन वडा कप २०८३’ सम्पन्न
जिल्लाको बारपाकसुलिकोट गाउँपालिकमा प्रथम देउराली ब्याडमिन्टन वडा कप २०८३ सम्पन्न भएको छ । पालिकाको वडा नं ७ को आयोजनामा देउरालीको बहुउद्देश्यीय कभर्ड हलमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा सिनियरतर्फ २५ टिम तथा जुनियरतर्फ २६ टिमले सहभागिता जनाएको वडाअध्यक्ष कृष्ण गुरुङले बताए ।
सिनियरतर्फ रमेश श्रेष्ठ र विनोद श्रेष्ठको टिम प्रथम भएका छन् । उनीहरुले नगद रु ३० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको गुरुङले जानकारी दिए । यस्तै, यस्निक्स श्रेष्ठ र सन्तोष राज वज्राचार्यको टिम दोस्रो बनेका छन् । उनीहरुले २० हजार रुपैँया नगद पुरस्कार प्राप्त गरेका छन् ।
प्रकाशचन्द्र श्रेष्ठ र भोलाप्रसाद मरहट्टा तथा कुमार शर्मा र रामकुमार चौधरीको टिम तेस्रो बनेको वडाअध्यक्ष गुरुङले बताए । उनीहरुले नगद रु ५÷५ हजार रुपैँया प्राप्त गरेका थिए ।
जुनियरतर्फ तेजनाथ पाठक र शितल थापाको टिम प्रथम, सन्देश गुरुङ र चन्द्र बहादुर गुरुङको टिम दोस्रो र दपेश श्रेष्ठ र सन्जित वराम तथा प्रदिप सुनार र रुपेश सुनारको टिम तेस्रो बनेका छन् । प्रथम, दोस्रो र तेस्रो हुनेहरुले क्रमश रु १५ हजार, १० हजार र ३÷३ हजार नगद पुरस्कार प्राप्त गरेको आयोजकको भनाई छ ।
प्रतियोगिताको अवसरमा वडा कार्यालयले वडा भित्रको उत्कृष्ट शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी, जग्गादाता तथा सहजिकरण कर्ताहरूलाई सम्मान गरेको वडाअध्यक्ष कृष्ण गुरुङले बताएका छन् । १८ जना व्यक्तिहरूलाई नगद रु ५ हजार पुरस्कारसहित सम्मानपत्र वितरण गरेको गुरुङको भनाई छ ।




