
गोरखा सम्पदा संरक्षण तथा पर्यटन प्रबर्धन समिति गठन
जिल्लाको कला संस्कृतिको संरक्षण र पर्यटनको विकास गर्ने उद्देश्यले गोरखा सम्पदा संरक्षण तथा पर्यटन प्रवद्र्धन समिति गठन भएको छ । कला, संस्कृति तथा पर्यटन क्षेत्रसंग संवद्ध संस्थाका प्रतिनिधि एवं सो क्षेत्रप्रति रुचि भएका व्यक्तित्वहरुको केही दिनअघिको भेलाले सो समिति गठन गरेको हो ।
भेलाले लोक भट्टराई संयोजक रहने गरी ६ सदस्यीय समिति गठन गरेको हो । गोरखा नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष राजेन्द्र जोशी, गोरखा उद्योग वाणिज्य संघ, गोरखा च्याम्बर अफ कमर्श, गोरखा होटल संघ, ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समिति, टुरिस्ट गाईडका अध्यक्षलगायत सदस्य रहेका छन् ।
भेलामा स्थानीय स्थानीय व्यापारी, उद्योगी, पर्यटन र होटल व्यवसायी, समाजसेवीहरु सहभागी थिए । उनीहरुले गोरखाको पर्यटन विकासमा विद्यमान अप्ठ्याराहरु र आगामि दिनमा निर्वाह गर्नु पर्ने भूमिका तथा जिम्मेवारीका बारेमा छलफल भएको थियो ।




