
बालमन्दिरका विद्यार्थीहरुलाई दुईसय दर्जनभन्दा धेरै उत्तर पुस्तिका सहयोग
जिल्ला सदरमुकामस्थित बालमन्दिर माविका विद्यार्थीहरुलाई उत्तर पुस्तिका (कपी) सहयोग पाएका छन् । विद्यालयका दुईसय १६ जना विद्यार्थीहरुलाई पालुङटार १ खोप्लाङकी विद्यालक्ष्मी पाण्डेले प्रति विद्यार्थी एक दर्जनका दरले कपी सहयोग गरेकी हुन् ।
पाण्डेले आफ्नो आमा बुबा कुलकुमारी पाण्डे र शम्भुराज पाण्डेको नाममा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गरेको विद्यालयले जनाएको छ । पाण्डेले आफ्नो मातापिताको नाममा हरेक वर्ष खाद्यान्न सहयोग गर्ने गरेकोमा यस वर्ष शैक्षिक सामाग्री वितरण गरेको हो । यसले विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुग्ने विद्यालयका प्रध्यानध्यापन भार्गवबाबु पाण्डेले बताए ।




