| सोमवार, बैशाख १३, २०८३

मेलमिलापकर्तालक्षित अन्तरक्रिया तथा पुनर्ताजगी तालिम सम्पन्न

गोरखा नगरपालिका र बन्दिपुर गाउँपालिकाका मेलमिलापकर्ताबीच न्यायिक कार्यसम्पादनको बिषयमा अन्तरक्रिया कार्यक्रम भएको छ । बन्दिरपुर गाउँपालिकाको समन्वय तथा गोरखा नगरपालिकाको अयोजनामा शुक्रवार र शनिवार कार्यक्रम भएको हो ।

दुई दिनसम्म संचालित कार्यक्रममा उनीहरुबीच न्याय सम्पादनका असल अभ्यास र चुनौती बिषयमा अनुभव आदानप्रदान समेत भएको छ । मेलमिलापकर्ताका लागि पुनर्ताजगी तालिम समेत संचालन गरिएको गोरखा नगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक मसली माया थोकरले बताइन् । तालिममा जिल्ला न्यायाधिश बिष्णु गौतम, पुर्व न्यायधिवक्ता सुरेन्द्र काफ्ले लगायतले प्रशिक्षण दिएका थिए ।

थोकरको अध्यक्षता तथा गोनपा मेयर कृष्ण राना मगरको प्रमुख अतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा न्यायिक समिति सदस्य सावित्रा थापा पुलामी, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा गोनपाका सबै वडाका मेलमिलापकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्