
धार्चे गापाद्धारा गोरखा क्याम्पसलाई चार थान प्रोजेक्टर सहयोग
धार्चे गाउँपालिकाले गोरखा क्याम्पसलाई प्रोजेक्टर सहयोग गरेको छ । तीन लाख मूल्य बराबरको चार वटा प्रोजेक्टर क्याम्पसलाई सहयोग गरिएको पालिकाले जनाएको छ । वुधवार क्याम्पसमा आयोजित एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले उक्त प्रोजेक्टर क्याम्पस प्रमुख नवराज पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।
शिक्षामा प्रविधिको पहुँच पु¥याउने उदेश्यले उक्त प्रोजेक्टर सहयोग गरिएको गुरुङले बताए । ‘उक्त क्याम्पसमा हाम्रो पालिकाका करिव ६० भन्दा बढी बिद्यार्थी पढ्छन्,’ गुरुङले भने, ‘प्रविधिमैत्री शिक्षाका लागि हामीले प्रोजेक्टर सहयोग गरेका हौ ।’
प्रोजेक्टर खरिदका लागि पालिकाले यो बर्षको नीति तथा कार्यक्रममै समावेश गरेर बजेट समेत विनियोजन गरेको थियो । सोही योजना अन्तरगत वुधवार क्याम्पसलाई हस्तान्तरण गरिएको पालिकाले जनाएको छ ।




