
आरुघाटले एसईई दिएर बसेका बिद्यार्थीका लागि निशुल्क कम्प्यूटर तालिम संचालन गर्ने
एसर्ईई दिएर बसेका बिद्यार्थीहरुका लागि आरुघाट गाउँपालिकाले निशुल्क आधारभूत कम्प्युटर तालिम संचालन गर्ने भएको छ । चालु आर्थिक बर्षको बार्षिक स्वीकृत कार्यक्रम अनुसार तालिम संचालन गर्न लागिएको पालिकाले जनाएको छ ।
शुक्रवार सार्वजनिक सूचना जारी गर्दै पालिकाले इच्छुक बिद्यार्थीहरुलाई सात दिनभित्र पालिकाको कार्यालयमा उपस्थित भएर निवदेन पेश गर्न अनुरोध समेत गरेको छ ।




