| आइतवार, बैशाख ५, २०८३

गोरखाका सामुदायिक बिद्यालयहरुमा भोलीबाट पठनपाठन सुरु

जिल्लाका सामुदायिक बिद्यालयहरुमा भोली सोमवारबाट पठनपाठन सुरु हुने भएको छ । बैशाख २१ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्ने संघिय सरकारको निर्णय व्यवहारिक नभएको भोलिबाट कक्षा संचालन गर्न लागिएको हो ।

शुक्रवार जिल्ला समन्वय समितिको अगुवाईमा बसेको पालिका प्रमुखहरुको बैठकले शिक्षा मन्त्रालयबाट बिद्यालय संचालन, भर्ना लगायतका बिषयमा सार्वजनिक भएका परिपत्रहरुप्रति गम्भिर ध्यानाकर्षण गराएको छ । ‘शिक्षा नियमावली अनुसार शैक्षिक सत्र बैशाख १ गतेदेखि प्रारम्भ भई चैत्र मसान्तसम्म कायम रहने र बिद्यालयले १ शैक्षिक सत्रमा काम गर्ने दिन कम्तिमा २२० दिन हुने छ भन्ने व्यवस्था गरेको र राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले कक्षा १–३ मा ८३२ कार्य घण्टा र कक्षा ४–१२ मा १०२४ घण्टा पठन समय कायम गरेको छ,’ बैठकले गरेको निर्णयमा उल्लेख छ ।

संघीय सरकारले गरेको परिपत्र र निर्देशन अनुसार पठन कार्यघण्टा नपुग्ने र शैक्षिक सत्र तलमाथि हुने भएकाले उक्त अन्यौलता हटाउन नयाँ शिक्षा ऐन यथाशिघ्र निर्माण गर्न उनीहरुले आग्रह समेत गरेका छन् । अभिभावकहरुको मागलाई समेत मध्यनजर गर्दै सोमवारबाट भर्ना अभियान र पठनपाठन एकैसाथ संचालन गर्न लागिएको उनीहरुले जानकारी गराएका छन् ।

चालु आर्थिक बर्ष जिल्लाका बिभिन्न बिकासे आयोजनाहरुका लागि संघिय सरकारबाट विनियोजित बजेट रोक्का राखेकाले फुकुवा गरिदिन उनीहरुले माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्