| आइतवार, बैशाख ५, २०८३

उप–मेयर भलिवल प्रतियोगिताको उपाधी पुनः नीलकण्ठलाई

दोस्रो अन्तरपालिकास्तरीय उप–मेयर महिला भलिबल प्रतियोगिता उपाधी यो पटकपनि धादिङको नीलकण्ठ नगरपालिकाले जितेको छ । गोरखा नगरपालिकाको आयोजनामा गोरखा सदरमुकामस्थित हरमटारी खेलमैदानमा शनिबार भएको फाइनल खेलमा शहिद लखन गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै नीलकण्ठ बिजयी बनेको हो । प्रथम उप–मेयर कपको उपाधी पनि नीलकण्ठले नै हात पारेको थियो ।

उपाधी बिजेता पालिकाले नगद रु एक लाख ३४ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको गोनपा खेल संयोजक प्रदिप कुँवरले बताए । उनका अनुसार प्रतियोगितामा शहिद लखन दोस्रो, बारपाक सुलिकोट तेस्रो र आरुघाट गाउँपालिकाले तेस्रो स्थान हासिल गरेको छ । उनीहरुले क्रमश रु ६८ हजार, ४० हजार र २० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा जिल्लाका ५ वटा स्थानीय तह र गोरखा नगरपालिकाको भगिनी सम्बन्ध रहेको धादिङको नीलकण्ठ नगरपालिकाको सहभागिता रहेको थियो ।

गोरखा नगरपालिकाकी उपमेयर मसलीमाया थोकरको अध्यक्षता तथा मेयर कृष्ण राना मगरको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्