| आइतवार, कार्तिक २९, २०८३

विजुली चोर्नेको सामान जफत

दरौंदी ः विद्युत प्राधिकरणको गोरखा वितरण केन्द्रले विद्युत चोरी गरी प्रयोग गर्नेहरुको बिभिन्न उपकरण बरामद गरेको छ । बिहिबार पालुङ्टार नगरपालिकाको बिभिन्न ठाउँमा गरिएको निरीक्षण को क्रममा फेला परेका छ ओटा पानी तान्ने पम्प,३ ओटा मोटर लगायत हुकिङ गर्न प्रयोग गरिएको करिब पाँचसय मिटर सर्भिस तार, बाइपास गरेका मिटरहरु जफत गरिएको न्यौपानेले बताए । बिभिन्न ठाउँमा विद्युत चोरी गरिएको सूचनाका आधारमा निरीक्षण अभियान चलाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्