प्रहरी दिवसको अबसरमा रक्तदान
दरौंदी ः ६३ औ प्रहरी दिवसको अबसरमा जिल्ला प्रहरी कार्यालय गोरखाले रक्तदान कार्यक्रम
गरेको छ ।
कार्यालय परिसरमा भएको कार्यक्रममा नेपाल प्रहरीका १६ जनाले रक्तदान गरेका छन् ।
संकलित रगत नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखाको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बिहीबार शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरि दिवस मनाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




