| आइतवार, कार्तिक २९, २०८३

घर बनाएको प्रमाणपत्र वितरण

दरौंदी ः गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पुनर्निमाण सम्पन्न प्रमाणपत्र वितरण गर्न थालेको छ । भुकम्पले भत्केका घर बनाईसकेका स्थानियमध्य वडा नं ४ सौरपानीबाट प्रमाण पत्र वितरण थालिएको गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिए । प्राविधिकको निरीक्षण, अनुगमन पश्चात प्रमाण पत्र वितरण थालिएको हो । सौरपानीको हिमालय मावि परिसरमा मंगलबार आयोजित कार्यक्रममा ७८ घरधनीलाई प्रमाणपत्र दिईएको छ । वडामा एक हजार सात सय तिन घरधुरीमध्ये नौ सय ५३ घर पुनर्निमाण भैसकेका छन् । कार्यक्रममा प्रतिनिधी सभा सदस्य चुडामण्ीा खड्का, राष्ट्रिय पुनर्निमाण प्राधिकरणका कार्यकारी समिति सदस्य हरेराम पराजुली, जाइकाका प्रतिनिधी हल्का वला, वडा अध्यक्ष भीमबहादुर गुरुङ ,नेपाली कांग्रेस केसरी प्रसाद ढकाल लगायतले मन्तब्य राखेका स्थानिय मिलन ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्