| आइतवार, कार्तिक २९, २०८३

मानवअधिकार बिरोधी घटना अन्त्य गर्न अन्तरपार्टी महिला सञ्जालको माग

दरौंदी ः अन्तरपार्टी महिला सञ्जाल गोरखाले मानव अधिकार विरोधी हिंसाका घटना रोक्न कानुनमा पर्याप्त ब्यबस्था गर्न माग गरेको छ ।
पछिल्लो समय देशभर महिला तथा बालबालीका माथि हुने हत्या, बलात्कार र हिंसाजन्य घटना बढ्दै गएकोमा चिन्ता जनाउदै सञ्जालले यस्ता क्रियाकलाप नियन्त्रण गर्न कानुनमै पर्याप्त ब्यबस्था गर्न सरकारको ध्यानाकर्षण गराएको हो । सोमबार प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाउदै सञ्जाल ले देशभर महिला तथा बालीका माथि भएका ज्यादतिका घटनाको छानबिन गरी दोषिलाई कारबाही गर्न माग गरिएको हो । यस्ता घटना पुन नदोहोरीने वातावरण बनाउन प्रहरी प्रशासनलाई अझै जिम्मेवार बनाउन जरुरी रहेको विज्ञप्तीमा उल्लेख छ । सञ्जालकी जिल्ला अध्यक्ष चन्द्रमाया गुरुङ र सचिव कमला नहर्कीको हस्ताक्षर रहेको विज्ञप्तीमा महिला हिंसा विरुद्ध थुप्रै कानुन भएपनि कार्यान्वयन फितलो हुँदा हिंसाका घटनाहरु बढ्दै गएको र पिडकहरु क्रुर बन्दै गएका उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्