| मङ्लबार, कार्तिक २४, २०८३

संक्रिय राजनीतिमा फर्कने पूर्व उपराष्ट्रपति पुनको संकेत

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन (पासाङ) ले संक्रिय राजनीतिमा फर्कने संकेत गरेका छन् । वुधवार जनयुद्धका पहिलो शहिद दिलबहादुर रम्तेलको २९ औ स्मृति दिवसको अवसरमा गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो लक्ष्य अझै पुरा नभएको भन्दै राजनीतिमा फर्कने संकेत जनाए ।

‘मेरो लक्ष्य पुरा भएको छैन,’ उनले भने, ‘समाजवादी गणतन्त्रमा पुग्नका लागि शहिद र वेपत्ता योद्दाको सपना पुरा गर्न म आगामी दिनहरुमा नेकपा माओवादीसँग रहदै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’ पछिल्लो चरण गणतन्त्रमाथि चौतर्फी हमला भइरहेको बताउँदै उनले त्यस्तो कोसिस नगर्न खवरदारी समेत गरे ।

‘गणतन्त्रमाथि आक्रमण गर्ने थुप्रै तत्वहरु अहिले जुर्मराउन थालेका छन्, सडकमा आउन खोजेका छन् तर म भन्छु ति सबै दिवा सपना हुन्, त्यस्तो कोसिस नगर्न खवरदारी गर्छु,’ उनले भने । विगतमा गरेका कमीकमजोरीको आत्मलोचना गर्दै माओवादीले अव बिशेष अभियान लिएर जनताको घरघरमा पुग्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्