| आइतवार, कार्तिक २९, २०८३

घट्टेखोलाका बिस्थापितलाई गाउपालिकाको सहयोग

पहिरोका कारण विस्थापित चुमनुब्री ३ सिर्दिबास, घट्टेखोलाका आठ घरपरिवारलाई गाउँपालिका कार्यालयले सहयोग प्रदान गरेको छ । बासका लागि त्रिपाल तथा खाद्यान्न सहयोग गरेको गाउ ँपालिकाकी उपप्रमुख कुमारी गुरुङले जानकारी दिइन् । घट्टे ेखोलामा एकसाताअघिको शुक्रबार साँझ आएको पहिरोबाट आठ घर बिस्थापित भएका थिए । बिस्थापित परिबार नजिकैको खालि जग्गामा टहरो बनाई बसेका छन् भने कोही नजिकैको आफन्त को शरणमा बसेका छन् । उनीहरुलाई प्रतिपरिबार ३० किलो चामल, २ किलो दाल र २ किलो चिनी उपलब्ध गराएको उपप्रमुख गुरुङको भनाई छ । स्थानीय उम्बा गुरुङ, ज्ञानु घले, राजकुमार गुरुङ, बहादुर गुरुङ,कुमारी गुरुङ, रामबहादुर गुरुङ, सुर्यमान गुरुङ र कालीमाया गुरुङको परिवार पहिरोबाट विस्थापित भएका हुन् । उनीहरुलाई रेडक्रसले पनि सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्