| मङ्लबार, कार्तिक २४, २०८३

नेपाली काङ्ग्रेस पालुङ्टारको चौँथो नगर सम्मेलन सम्पन्न

नेपाली काङ्ग्रेस पालुङटा नगर कार्य समितिको चौँथो नगर सम्मेलन सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमकाबीच पालुङटार काङ्ग्रेसको चौँथो नगर सम्मलेन सम्पन्न भएको हो ।

पार्टी केन्द्रले घोषणा गरेको १०० दिने अभियान कार्यक्रम अन्तरगत नगर सम्मेलन सम्पन्न गरिएको नेपाली काङ्ग्रेस, गोरखाका जिल्ला सचिव किशोरजंग थापाले बताए । कार्यक्रममा पालुङटार काङ्ग्रेसले विगतमा गरेका कामहरुको समिक्षा गर्नुका साथै, भावी योजनाहरुका बारेमा समेत छलफल गरिएको उनले जानकारी दिए । साथै, १०० दिने अभियानका क्रममा देखिएका विभिन्न समस्याका बारेमा समेत छलफल भएको उनले बताएका छन् ।

नेपाली काङ्ग्रेस पालुङटार नगरपालिका समितिका सभापति बिमल ढकालको अध्यक्षता एवं गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न नगर सम्मेलनमा पार्टीका जिल्ला सभापति एवं प्रदेश सांसद नन्दप्रसाद न्यौपाने, पार्टीका पूर्व केन्द्रीय सदस्यहरु मधु आचार्य र कमला पन्त, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरु सरस्वती अर्याल, अब्दुल सतार, गण्डकी प्रदेश सदस्य प्रकाशचन्द्र दवाडीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्