| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश स्थापना दिवस माघ २२ मा मनाइने

माघ २२ गते गण्डकी प्रदेशसभा र गण्डकी प्रदेश सरकारको स्थापना दिवस मनाइने भएको छ । यसअघि माघ २२ मा गण्डकी प्रदेशसभा र फागुन ४ मा प्रदेश सरकार स्थापना दिवस छुट्टाछुट्टै मनाइन्थ्यो । यस पटक भने एकै दिन दिवस मनाउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

२०७४ माघ २२ गते गण्डकी प्रदेशसभाको पहिलो बैठक बसेको थियो । सोही दिनलाई नै प्रदेशसभाले स्थापना दिवसको रूपमा मनाउँदै आएको थियो । २०७४ फागुन ४ गते संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शपथ लिएका थिए । सोही दिन मन्त्रिपरिषद्को पहिलो बैठकसमेत बसेको थियो ।

त्यस दिनलाई नै प्रदेश सरकारले स्थापना दिवसको रूपमा मनाउँदै आएको थियो । स्थापना दिवसको अवसरमा फागुन ४ गते सरकारले प्रदेशभर सार्वजनिक बिदा दिँदै आएको थियो । उक्त बिदा पनि यस पटकदेखि कटौती गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्