
नेसपा (नयाँशक्ति) पालुङटार नगर कमिटी अध्यक्षमा पोखरेल
नेपाल समाजवादी पार्टी (नयाँशक्ति) को पालुङटार नगर कमिटी अध्यक्षमा सन्तोष पोखरेल चयन भएका छन् । बिहीवार सम्पन्न प्रथम नगर सम्मेलनले पोखरेलको अध्यक्षतामा २७ सदस्यीय नगर कमिटी गठन गरेको हो ।
जसको उपाध्यक्षमा शुशिला श्रेष्ठ, सचिवमा भरतबाबु श्रेष्ठ, सहसचिवमा सीता भट्टराई र कोषाध्यक्षमा भरत देवकोटा चयन भएका छन् । पार्टीका केन्द्रीय अध्यक्ष डा. बाबुराम भट्टराईको उपस्थितिमा नगर सम्मेलन सम्पन्न भएको हो ।
पार्टीका जेष्ठ नागरिक सदस्य भक्तबहादुर सिर्मलको अध्यक्षतामा भएको कार्यक्रममा डा. भट्टराई, गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटा लगायतले सम्बोधन गरेका थिए ।




