| मङ्लबार, कार्तिक २४, २०८३

सीएनएनको उत्कृष्ट सूचीमा गोरखाकी पूर्णिमा

एकै सिजनमा तीन पटक सगरमाथाको आरोहण गरेकी आरुघाटकी पूर्णिमा श्रेष्ठ सीएनएनको उत्कृष्ट सूचीमा परेकी छन् । एक सिजनमा तीनपटक सगरमाथाको सफल आरोहण गर्ने विश्वकै पहिलो र एक मात्र महिला बनेकी श्रेष्ठ सीएनएनको ‘द एक्सट्रिम एथलेट्स हु पुस्ड लिमिट इन २०२४’ को सूचीमा परेकी हुन् ।

सीएनएनको उत्कृष्ट सूचीमा परेसँगै श्रेष्ठले सामाजिक सञ्जालबाट खुसी व्यक्त गरेकी छन् । ‘सूचीमा मलाईसमेत चयन गरेकोमा गौरवान्वित महसुस गरेकी छु’, श्रेष्ठले ट्विटरमा लेखेकी छन्, ‘सन् २०२४ मेरो जीवनको एक ऐतिहासिक वर्ष बन्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस्