| मङ्लबार, कार्तिक २४, २०८३

त्रिभुवन पुस्तकालयको प्रथम वार्षिक साधारण सभा सम्पन्न

गोरखाको सबैभन्दा जेठो पुस्तकालय ‘त्रिभुवन पुस्तकालय’को प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच पुस्तकालयको प्रथम साधारण सभा सम्पन्न भएको हो ।
पुस्तकालयलाई प्रभावकारी रुपमा संचालन गर्ने उद्देश्यसहित विभिन्न योजनाहरु प्रस्तुत गर्दै साधारण सभा सम्पन्न गरेको पुस्तकालय संचालन समितिले जनाएको छ । कार्यक्रममा सर्वसाधारणको पहुँचमा नरहेको पुस्तकहरु पठन पाठनका लागि उपलब्ध गराउने, पुस्तकालयलाई शैक्षिक अध्ययन र अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने, बालबच्चा, युवा र पौढहरुमा अध्ययन संस्कृतिको विकास गर्ने, अडियो भिडियो सहितको ई–लाईब्रेरी व्यवस्था गर्ने लगायतको महत्वपूर्ण निर्णहरु गरिएको समितिका अध्यक्ष कुशललाल श्रेष्ठले जानकारी दिए ।
पुस्तकालयका अध्यक्ष कुशललाल श्रेष्ठको अध्यक्षता एवं पुस्तकालय भवन निर्माण समितिका अध्यक्ष तथा चन्दादाता मोहनलाल क्षेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगवानबाबु मास्के, द्रव्यशाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख एकदेव अधिकारी, गोरखा क्याम्पसका क्याम्पस प्रमुख नवराज पाण्डे लगायत पुस्तकालयका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्