| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा जेसीज वर्ष २०२५ को अध्यक्षमा सुमन गुरुङ

गोरखा जेसीज वर्ष २०२५ को अध्यक्षमा सुमन गुरुङ चयन भएका छन् । गोरखा सदरमुकाममा शनिबार भएको गोरखा जेसिजको ४४ औँ शाखा अधिवेशनले गुरुङलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको हो ।
संस्थाको कार्यकारी उपाध्यक्षमा जीवन थापा र रचन परियार सर्वसम्मत चयन भएका छन् भने उपाध्यक्षमा सौनक घिमिरे, सन्जोक मास्के, युनिक अर्याल र सन्देश खत्री चयन भएका छन् । यस्तै सहसचिवमा श्याम आले मगर र सहकोषाध्यक्षमा सन्दिप ढकाल चयन भएको समितिले जनाएको छ । अन्य पदमा भने आगामि बोर्ड वैठकले निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्