| बुधबार, अशोज १३, २०८३

रास्वपाको गोरखा नेतृत्व चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गोरखा जिल्ला सभापतिमा पुनः सुवर्ण रोकाहा क्षेत्री चयन भएका छन् । पार्टीको शनिवार सम्पन्न पहिलो जिल्ला भेलाले क्षेत्री सभापति रहेको नयाँ समिति सर्वसम्मत चयन गरेको हो । जसको उपसभापतिमा ध्रुव अधिकारी, सचिवमा मिलन राना, सहसचिवमा राजेश्वर अम्गाई रहेका छन् ।

सदस्यहरुमा बिष्णु ढकाल, अञ्जना काप्री, शंकरबाबु देवकोटा, नारायणप्रसाद देवकोटा र शशिकला धिताल छन् । निर्वाचन क्षेत्र नम्वर १ को संयोजकमा वेदप्रसाद ढकाल चयन भएका छन् । क्षेत्रीको अध्यक्षता तथा पार्टी केन्द्रीय उपसभापति स्वर्णिम वाग्लेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा, पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, संघीय सांसद हरि ढकाल, गण्डकी प्रदेश संयोजक राजन गौतम लगायतको उपस्थिति रहेको थियो ।

भेलाअघि उनीहरुले प्रभातफेरि समेत गरेका थिए । पेट्रोल पम्प नजिकै रहेको कार्यालयबाट सुरु भएको प्रभातफेरी हरमटारी, बिसौनीमोड, बसपार्क हुदैं होटल गोर्खा इनमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्