| मङ्लबार, कार्तिक २४, २०८३

ट्रेड युनियन कांग्रेसको प्रथम प्रदेश परिषद् गोरखामा सम्पन्न

नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशको प्रथम प्रदेश परिषद् गोरखामा सम्पन्न भएको छ । यही शुक्रबार र शनिबार गोरखामा प्रथम परिषद सम्पन्न गरिएको ट्रेड युनियन कांग्रेस गोरखाका सचिव शैलेन्द्र भट्टले बताए ।

समितिको शुक्रबार सम्पन्न पाँचौ बैठकमा बर्तमान अवस्थामा श्रमिकहरुको समस्या, श्रम बजारको चुनौती, अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुको अवस्था र समस्याहरुका बारेमा छलफल भएको उनले जानकारी दिए । यस्तै, संगठनको अवस्थाका बारेमा बृहत छलफल गरी श्रमिकहरुको ज्याला, सामाजिक सुरक्षा कोषमा सूचीकरण, श्रम कानुनको परिमार्जन र प्रभावकारी कार्यान्वयन जस्ता विषयको निष्कर्ष र कार्ययोजनाको बारेमा सुझाव पेश गरिएको उनले बताएका छन् ।

समितिको शनिबार सम्पन्न प्रथम प्रदेश परिषद कार्यक्रममा संगठन चलायमान बनाउनका लागि युनियनको गतिविधि र सदस्य तथ्याङ्क डाटाबेसमा लगी व्यवस्थित बनाउने निर्णय भएको छ । कार्यक्रमकै अवसरमा महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगतको कार्यक्रम समेत आयोजना गरेको बताइएको छ ।

गण्डकी प्रदेशका ११ वटै जिल्ला समितिका पदाधिकारीहरु सहभागी परिषदको प्रदेश महिला समितिको आयोजनामा संचालित कार्यक्रममा ‘ट्रेनिङ प्रोग्राम अन लेवर स्ट्यान्डर’ विषयक तालिम प्रदान गरिएको ट्रेड युनियन कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्