| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा नगरपालिकाभित्र मदिरा बिक्री वितरण प्रतिबन्ध

जिल्ला प्रशासन कार्यालय गोरखाले गोरखा नगरपालिकाभित्र मदिराको प्रयोग तथा कारोबारमा रोक लगाएको छ । प्रशासनले नजिकिँदै गरेको उपनिर्वाचनलाई मध्यनजर गर्दै मदिरा प्रयोग तथा किनबेचमा रोक लगाएको हो । कार्यालय मंगलबार सार्वजनिक सूचना जारी गर्दै बुधबारदेखि मतगणना सम्पन्न नभएसम्म मदिराजन्य पदार्थ प्रयोग तथा विक्रिवितरण नगर्न आग्रह गरेको छ ।
गण्डकी प्रदेशमा गोरखा नगरपालिका ५ मा वडाअध्यक्ष पदमा मात्र उपनिर्वाचन हुन लागेको छ । सो पदका लागि १० विभिन्न राजनीतिक दलले उम्मेद्वारी दिएका छन् । ‘मंसिर ५ गतेदेखि मतगणना सम्पन्न नभएसम्म गोरखा नगरपालिकाभित्र मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ’, सूचनामा भनिएको छ । उल्लेखित निर्देशन उल्लंघन भएमा कानुन बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्