| मङ्लबार, कार्तिक २४, २०८३

गोनपा ५ को वडाअध्यक्षको उपनिर्वाचनका लागि आज मनोनयन, निर्वाचन कार्यालय स्थापना

गोरखा नगरपालिका वडा नं. ५ को वडाअध्यक्षको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले निर्धारण गरेको कार्यसूची अनुसार आज(आइतबार) मनोनयन दर्ता हुने भएको हो ।
गोरखा नगरपालिका ५ को वडाअध्यक्ष पदका लागि मंसीर १६ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता हुन लागेको हो । दलहरुले भने मनोनयन हुनुअगावै आफ्नो पार्टीको उम्मेद्वार तोकी सघन प्रचार प्रसार अभियान सञ्चालन गरिरहेका छन् । संवद्ध पार्टी स्रोतका अनुसार नेपाली कांग्रेसले वडाअध्यक्ष पदका लागि भाइकाजी आलेको नाम सिफारिस गरिसकेको छ भने नेकपा माओवादीको तर्फबाट विष्णु रानाको नाम सिफारिस गरेको छ । त्यस्तै नेकपा एमालेको तर्फबाट दुर्गामाया रानालाई उम्मेद्वार निश्चित गरी प्रचार प्रसार भइरहेको छ ।
यसअघि गत २०७९ को निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष खिलबहादुर रानाको मृत्यू भएर सो पद रिक्त भएपछि अहिले उपनिर्वाचन हुन लागेको हो ।
यसैबीच सो वडामा उपनिर्वाचन सम्पन्न गराउनका लागि निर्वाचन कार्यालय स्थापना गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच चिल्ड्रेनपार्कस्थित वडा कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्