
ओल्ड क्यापिटल स्कूल र संगम मेडिहेल्थ क्लिनिक बीच स्वास्थ्य सम्झौता
गोरखा सदरमुकामको रानीवनमा रहेको द ओल्ड क्यापिटल मावि र गोरखा बसपार्कको संगम मेडिहेल्थ क्लिनिक बीच स्वास्थ्य सम्झौँता भएको छ । बिहीबार ओल्ड क्यापिटल माविका अध्यक्ष सुरेन्द्र कुँवर, प्रिन्सिपल जनक केसी र संगम मेडिहेल्थका संचालक संगम बाबु श्रेष्ठ बीच स्वास्थ्य उपचार सम्बन्धमा सम्झौँता भएको हो ।
सम्झौँताअनुसार ओल्ड क्यापिटलका विद्यार्थी, शिक्षक कर्मचारी र अभिभावकहरुलाई संगम मेडिहेल्थबाट प्रवाह हुने सम्पूर्ण स्वास्थ्य सेवामा २० प्रतिशत छुट् हुनेछ । साथै, श्रेष्ठद्वारा संचालित गोरखा फिटनेस क्लवमा समेत निशुल्क भर्नाको व्यवस्था रहेको सम्झौँतामा उल्लेख छ ।
ओल्ड क्यापिटल माविमा आवद्ध विद्यार्थी, अभिभावक र शिक्षक कर्मचारीहरुलाई सहुलियतमा स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्य सहित सम्झौँता गरिएको संगम मेडिहेल्थका संचालक श्रेष्ठले बताए ।
‘जिल्लामा निजी क्षेत्र हरुबीच भएको यो पहिलो सम्झौँता हो’, उनले भने । आगामी ५ वर्षसम्मका लागि सम्झौँता भएको श्रेष्ठले जानकारी दिएका छन् ।




