
गोरखामा कौडाको खालबाट १२ जुवाडे पक्राउ, १ लाख १५ हजार नगद बरामद
कौडाको खालबाट १२ जना जुवाडेलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । सोमवार राती करिव दश बजे गोरखा नगरपालिका ६ मा हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा राजु श्रेष्ठ, शंकर बिक, सुमन परियार, भुगोल कोइराला, रामबहादुर मालबुल, मनोज श्रेष्ठ, किसान बहादुर गुरुङ, नविन थापा, बिनोद कोइराला, ढालबहादुर राना, निमबहादुर घले र दिपेश सुनार रहेका छन् ।
उनीहरुको साथबाट एक लाख पन्ध्र हजार तीन सय असी रुपैया नगद सहित १८ थान कौडाको गोटी र कौडा खेल्न प्रयोग भएको काठको बोर्ड बरामद गरिएको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।
पक्राउ परेकाहरुबिरुद्ध जुवा सम्बन्धी कसूर शीर्षकमा मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।




