
चण्डेश्वरी आविका विद्यार्थीलाई पोशाक वितरण
भिमसेन थापा गाउँपालिका १ मसेलस्थित चण्डेश्वरी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । स्थानीय बिजयराज अधिकारीले विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीलाई पोशाक वितरण गरेक हुन् ।
बाल कक्षादेखि ५ सम्मका विद्यार्थीलाई ट्रयाक, टिर्सट, टाई र पेटी वितरण भएको वडा सदस्य शितल गुबाजुले बताए ।अधिकारीले स्वर्गिय हजुरबुवा शिव र हजुरआमा हरिमायाको स्मृतिमा बिद्यालयका अक्षयकोष समेत स्थापना गरेका छन् । १ लाख १ हजार १११ रुपैयाको शिव–हरि अक्षयकोष स्थापना भएको गुवाजुले जानकारी दिए ।
आइतवार एक कार्यक्रमकाबीच अधिकारीले उक्त रकम बरारबको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिबहादुर रहुल र प्रधानध्यापक देवनारायण श्रेष्ठलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
विव्यस अध्यक्ष रहुलको अध्यक्षता तथा वडा नम्वर १ का अध्यक्ष बिकास श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय अभिभावक लगायतको उपस्थिती रहेको थियो ।




