| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका सिडिओ दाहालको सरुवा, नयाँ सिडिओको रुपमा पौडेल आउँदै

गोरखाका सिडिओ भोला दाहालको सरुवा भएको छ । उनको जिल्ला प्रशासन कार्यालय सप्तरीमा सरुवा भएको गृहमन्त्रालयले जनाएको छ ।

गोरखामा नयाँ सिडिओको रुपमा पुण्यबिक्रम पौडेल आउने भएका छन् । उनी यसअघि जिल्ला प्रशासन कार्यालय धनकुटाको सिडिओको रुपमा कार्यरत थिए ।

शुक्रवार गृह मन्त्रालयले एक साथ १७ जना प्रमुख जिल्ला अधिकारीको हेरफेर गर्दै दाहाललाई सप्तरी र पौडेललाई गोरखा सरुवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्